|
Article on other languages:
|
भुटान हिमालय हिमश्रिंखलामा रहेको एक भूपरिवेस्टित अधिराज्य हो। यहाँ राजा जिग्मे सिंगे वाङचुकले शन् १९७२ देखि राज्य गरिरहेका छन्। भुटान शन् १६४४ मा शाब्द्रुङ ङावाङ नामग्यालले स्थापना गरेका थिए। भुटान सँधै स्वतन्त्र रहिरहेको कुरामा त्यहाँका जनताहरू गर्व गर्दछन्। भुटानको राजधानी थिम्पू हो। भूटानको जनसङ्ख्या करिब ६ लाख ७२ हजार छ[१]। करिव १,००,०० नेपाली मूलका जनतालाई शन् १९८९मा देशबाट निकालिएको थियो। ति एक लाख जनता हाल पूर्वी नेपालमा शरणार्थीका रुपमा बसिरहेका छन्। भूटानको संस्कृति तिव्वती बुद्धधर्ममा आधारित छ। शन् १९७४ पूर्व भुटान बाह्यसंसारका निम्ति बन्द थियो। हाल मानिसहरू यो देश आउन पाँउछन, तर धेरै कम सङ्ख्यामा मात्र। देशको एकमात्र विमानस्थल पारो जिल्लामा छ। भुटानको दक्षिणमा भारत छ र उत्तरमा तिव्वत। भुटानको मुख्य निर्यात जलविद्युत हो, जुन भारतलाई बेचिन्छ। लिन्क्स्संदर्भ
विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्: |
|||||||||||||
This article is from Wikipedia. All text is available under the terms of the GNU Free Documentation License.